Logo
१६ कार्तिक २०८१, शुक्रबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँका १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो ।

क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५ फागुनमै हस्तान्तरण गरिसकेको छ ।

प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका लागि बनेका समितिले अहिले सिसिक्यामेरा जडान गरिने स्थानको पहिचान गरिसकेको छ ।

नयाँ पत्रिका दैनिक

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्