Logo
११ माघ २०८१, शुक्रबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विष्णु पौडेल केन्द्रित प्रधानमन्त्रीको जवाफ : ‘उहाँले बालुवाटारको सरकारी जग्गा हडपेकाे छैन’

काठमाडौँ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् । विरोधीले पार्टी र सरकारलाई बदनाम गर्न वालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरेको ओलीको दाबी छ ।

‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको छ, त्यो जग्गा राजाको शाससनकालमा पौडेलले किन्नु भएको हो’ बैठकमा ओलीले भने, ‘कोही व्यक्तिबाट अरुले सरह उहाँले जग्गा किन्नु भएको हो । कुनै सरकारी जग्गा हडपेको पनि होइन ।’

ओलीले जग्गा किन्दाको समयमा पौडेल कुनै लाभको पदमा नरहेको पनि स्पष्ट पारे । ‘उहाँले किन्नु भन्दा पहिला कसरी अरु व्यक्तिले किने भन्ने कुरा पहिलाको सरकारले जान्ने कुरा हो, उनले भने, ‘उहाँ त्यतिबेला पार्टीको कुनै पदमा पनि हुनुहुन्थेन । त्यसकारण सत्ता र पदको दुरुपयोग गरेर जग्गा किनेको पनि होइन ।’

प्रधानमन्त्री ओलीले सरकारले असल नियतका साथ काम गरेको भन्दै देशैभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने पनि बताए । ‘सरकार असल नियतका साथ काम गरेको छ । वालुवाटार मात्र होइन, अब देशैभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याइन्छ । यसो गर्दा कसैलाई फाइदा र नोक्सान के हुन्छ भनेर हेरिँदैन’, ओलीको भनाई थियो ।

वाइवडी प्रकरणमा अनियमितता भएको पाइए जोसुकै भएपनि कारवाही गरिने प्रधानमन्त्री ओलीले बताए । ‘भ्रष्टाचार आफू पनि गर्दिन र गर्नेलाई पनि छोडिदैन । गरेकालाई कारवाही भैरहेको छ’ ओलीले भने, ‘वाइडवडीको सत्यतथ्य आएपछि अनियमितता भएको रहेछ भने छानविन गरेर जो सुकै भएपनि कारवाही गरिन्छ ।’

 

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्