सुरु भयो महिलालाई स्वरोजगार बनाउन ढाका सम्बन्धि तालिम
काठमाडौं : किर्तिपुर नगरपालिकामा ढाका सम्बन्धि विभिन्न डिजाइन बनाउने तालिम सुरु भइरहेको छ ।
किर्तिपुर नगरपालिकाको सहकार्यमा मनकामना क्राफ्ट एण्ड क्रिएसन र नेपाल महिला उद्यमी संघद्वारा तालिम प्रदान भैरहेको छ ।
तालिम संयोजक राज्यलक्ष्मी शाक्यले ढाकाबाट बन्ने विभिन्न डिजाइनको तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने र स्वरोजगार बनाउने उद्धेश्यले यो तालिम प्रदान गरिएको बताए । नेपाली महिलाले उत्पादन गरेका सामानलाई विदेशमा समेत निर्यात गरेर देशको आर्थिकस्तर वृद्धि गराउनुपर्नेमा समेत जोडदिनु पर्ने बताए ।
त्यस्तै महिला उद्यमी संघका अध्यक्ष रम्भा श्रेष्ठले हरेक महिलालाई उद्यमी बनाउने उद्धेश्य रहेको र महिला आर्थिक रुपमा सक्षम नभई देशको विकास हुन सम्भव छैन भन्ने कुरालाई ध्यानमा राखेर महिलालाई विभिन्न खाले तालिमहरु दिन आवश्यक रहेको जनाउँदै यो तालिम सञ्चालन गरेको बताए ।
किर्तिपुर वडा नं १० का अमन महर्जनको प्रमुख अतिथ्यतामा यहि बैशाख १५ गतेबाट शुरु भएको उक्त तालिममा पैत्तिस जना महिला सहभागी रहेका छन् ।