Logo
१६ कार्तिक २०८१, शुक्रबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति ट्रम्पको अनौठो रेकर्ड : दुई वर्षमै बोले १० हजार झूट

न्यु योर्क :  सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेको वासिन्टन पोष्टमा उल्लेख गरिएको छ । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो ।

राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झूटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ । ट्रम्पले कार्यभार सम्हालेको ६०१ दिनमा ५ हजार झूट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झूट बोले ।

त्यसपछिका २२६ दिनको समयमै ५ हजार झूटो कुरा बोले । त्यसपछिका पछिल्ला २२६ दिनमा ट्रम्पले दैनिक २३ झूटो दावी प्रस्तुत गरे । ट्रम्पको झूटो बोल्ने दर रुसको हस्तक्षेपबारे रोबर्ट मुलरको रिपोर्ट प्रकाशन भएको समयमा उल्लेख्य वृद्धि भएको पाइयो ।

त्यस्तै सिमानामा प्रस्ताव गरिएको पर्खालका कारण सरकारी कामकाज आशिंक बन्द हुदा पनि त्यस्तै वृद्धि देखिएको थियो । अर्को बढी झूट मध्यवर्ती चुनावको बेला भएका चुनावी प्रचारमा देखियो । ट्रम्पले गलत सूचना व्यक्त गर्ने प्याटफर्म दक्षिणपन्थी समाचार संस्था फक्स न्युजका अन्तरवार्ता र ट्वीट देखिएका थिए ।

वासिन्टन पोष्टले ट्रम्पले कस्ता विषयमा झूट बोल्छन् भन्ने कुराको पनि वर्गीकरण गरेको छ । पोष्टका अनुसार उनले बोल्ने कुल झूटमध्य पाँचमा एक आप्रवासन सम्बन्धी थियो । एउटै कुरा सबैभन्दा धेरै झूट सिमाना पर्खाल निर्माण भइरहेको छ भन्ने थियो । जबकि पर्खाल निर्माण सुरु नै भएको छैन ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्