आठौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी बिजय सम्मानित
काठमाडौँ : प्रथम वडाअध्यक्ष कप खुल्ला राष्ट्रिय कराते प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. ४, बडीखेलमा भव्य रुपमा सम्पन्न भएको छ ।
गोदावरी नगरपालिका वडा नं. ४ र बडीखेल शाखा डोजोको संयुक्त आयोजनामा भएको कराते प्रतियोगितामा ९ स्वर्ण १ रजत र ४ कास्य सहित वादोकाई कराते टिम च्याम्पियन प्रथम भई नगद रु.२५००० सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। त्यसैगरी ५ स्वर्ण ४ रजत र ७ कास्य सहित ग्लोवल भिजन स्कलर स्कुल नागर्जून टिम च्याम्पियन द्वितीय हुन सफल भई नगद रु १५००० सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने आयोजक बडीखेल डोजोले ३ स्वर्ण ३ रजत र ७ कास्य सहित टिम च्याम्पियन तृतीय भई रु. १०००० सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
नेपाल कराते महासंघ अन्तर्गत रहेका विभिन्न राष्ट्रिय संघहरु खेलाडीहरु, विभिन्न जिल्ला तथा शाखा डोजोहरु गरि जम्मा ३७४ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको पुरुष तर्फ गोदावरी डोजोका शुभ सिल्वाल र महिला तर्फ आयोजक बडीखेल डोजोका उर्शला पहरी सर्वोत्कृष्ट खेलाडी हुन सफल भई जनही रु.३००० सहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
त्यसैगरी उदियमान खेलाडीमा महिला तर्फ सिन्धुपाल्चोकका ज्यानु तामाङ र पुरुष तर्फ हायासी हा सितोरियो करातेका मिलन तामाङ उदियमान खेलाडी घोषाना भई नगद पुरस्कार जनही रु. २००० प्राप्त गर्न सफल भए । प्रतियोगितामा अनुशासित टिम के जेट आई वादोरियो कराते टिम बन्न सफल भएको छ ।
त्यसैगरि प्रतियोगितामा खुल्ला पुरुष किक बक्सिङ प्रतियोगिता पनि आयोजना गरिएको थियोे । जस्को फाईनल खेलमा गोदावरी डोजोका सोनम थिङ तामाङले बडीखेल डोजोका सुवास पहरीलाई पराजित गरि च्याम्पियन बन्न सफल भए । प्रथम हुन सफल सोनम तामाङले रु. १००००, द्वितीय हुन सफल सुवास पहरीले रु. ५००० सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए । किक बक्सिङमा थानकोट डोजोका भिम शाक्य र महांकालका आयुस न्यौपाने तृतीय हुन सफल भई जनही रु. २००० सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलाल, विशेष अतिथि प्रदेश शभा सांसद माननीय लालकुमारी पुन, कोञ्ज्योसोम गाउपालिका अध्यक्ष गोपिलाल तामाङ, गोदावरी नगरपालिकाका कानुनी सल्लाहकार गणेश आचार्य, गोदावरी नगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णुमान महर्जन, नेपाल कराते महासंघका केन्द्रीय सदस्य एवम् अन्तराष्ट्रिय रेफ्री छत्र आले, कराते वरिष्ठ प्रशिक्षक मोहन महर्जन, नेकपा नेता पुरुषोत्तम आचार्य लगायतका अतिथिहरुबाट मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियोे । प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. ४ को वडाअध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य मुकुन्द बहादुर पहरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतियोगिताको अवसरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं। ३ बाट सहभागी खेलाडीहरु कराते खेल तर्फ सहभागी भई स्वर्ण पदक विजेता खेलाडी सिन्धुपाल्चोकका विजय श्रेष्ठ, महिला ह्यान्डबल तर्फ गोदावरी नगरपालिका वडा नं। ३ का खेलाडीहरु निरुता बुढामगर र ज्योती राना, महिला फुटबलका खेलाडी झरना नगरकोटीलाई नगद सहित सम्मान गरिएको थियो । प्रतियोगिता कराते खेलका एसीयन रेफ्री गंगालाल श्रेष्ठको रेफ्री संयोजकत्वमा सम्पन्न भएको कराते प्रशिक्षक तथा राष्ट्रिय निर्णायक चिन लामाले बताउए ।