Logo
२ माघ २०८१, बुधबार
(April 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेन्नई सुपर किंग्सलाई मुम्बई इन्डियन्सले दियो धक्का

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सलाई मुम्बई इन्डियन्सले धक्का दिएको छ ।

शुक्रबार राति भएको खेलमा मुम्बईले चेन्नईलाई ४६ रनले हराउँदै जित निकालेको थियो । चेन्नईस्थित एम चिदामबराम स्टेडियममा मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७.४ एक सय ९ रनमा समेटिएको थियो । सुरेश रैनाको कप्तानीमा उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए ।

मिचेल स्टाननरले २२ र ड्वाने ब्राभोले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिङगा एक्लैले चार विकेट लिए । कुर्नाल पाण्ड्या र जस्प्रित बुम्राहले दुई दुई तथा अनुकुल रोए र हार्दिक पाण्ड्याले एक एक विकेट झारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेटको क्ष्मितमा एक सय ५५ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ खेले । इभिन लेविसले ३२, हार्दिक पाण्ड्याले अविजित २३, क्विनटन डी ककले १५ र केइरन पोलार्डले अविजित १३ रन बनाए । बलिङमा चेन्नईका मिचेल सान्टनरले दुई तथा दिपक चाहर र इमरान ताहिरले एक एक विकेट लिए । जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ११ खेलबाट १४ अंक बनाएको छ । १२ खेलबाट १६ अंक बनाएको चेन्नई शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित मिति: Apr 27, 2019

प्रतिक्रिया दिनुहोस्