Logo
११ माघ २०८१, शुक्रबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० औं मनमोहन स्मृति दिवसका अवसरमा प्रधानमन्त्रीले दिए यस्तो प्रतिबद्धता

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन। पूर्वप्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन।

मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गरे, प्रधानमन्त्री ओलीले भने, उहाँले थालेका अधुरा कामहरू वर्तमान सरकारले पुरा गर्छ।

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बाएका थिए । उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर वहाँसँग समय रहेन, प्रधानमन्त्री ओलीले भने, उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौता मार्फत द्वन्द्वको समाधान गर्यौं र राजतन्त्र सदाका लागि विदा गर्‍यौं । प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताए । उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौ, प्रधानमन्त्री ओलीले भने।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्