Logo
२ माघ २०८१, बुधबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङ केन्द्रबिन्दु भएर आजै तेस्रो पटक भूकम्पको धक्का

काठमाडौं : धादिङ केन्द्रबिन्दु भएर बुधबार फेरि अर्को भूकम्पको धक्का गएको छ । दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर २ वटा भूकम्पको धक्का गएको थियो । बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४।२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

चार वर्षअघि अर्थात ०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प जाँदा ८ हजार बढी मानिसको ज्यान गएको थियो भने ७ लाख बढी घर भत्किएका थिए ।

 

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्