Logo
२ माघ २०८१, बुधबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा उछाल, एकै दिनमा ह्वात्तै बढ्यो ३२ अङ्क

काठमाडौँ :  शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ ।

कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर १ हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ ।

स्टकका अनुसार कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु १ अर्ब ३ करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद-बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुगेको छ । कारोवार भएका कूल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा निर्जीवन बीमा ७.२२ र उत्पादन ११.९२ विन्दुले घटेका छन् ।

बैंकिङ ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७, वित्त २.१३, अन्य ९.७, लघुवित्त २६.९१ र जीवन बीमा २२.२५ विन्दुले बढेका छन् ।

स्टकका अनुसार कारोवारका आधारमा आज वाणिज्य बैंक नै शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंक लिमिटेडको रु १४ करोड ९४ लाख ५१ हजार ६५४, एनआइसी एशिया बैंक रु ४ करोड ६० लाख ७६ हजार ९१, एनसिसी बैंक रु ४ करोड ३१ लाख ३६ हजार ६६३, नेपाल इन्भेस्टमेन्ट बैंक रु ४ करोड २ लाख १२ हजार ८६१, सिभिल बैंक रु ३ करोड ९४ लाख ६२ हजार १२ बराबरको कारोवार भई शीर्षस्थानमा रहेका छन् ।

स्टकका अनुसार आज स्ट्याण्र्डड चार्टड बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । नेपाल एसबिआई बैंक ९.८९, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.८६ हिमालयन बैंक ९.०२, अरुण काबेली पावरका शेयरधनीले ८.५९ प्रतिशतले कमाए ।

यस्तै वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.१६ प्रतिशतले गुमाउँदा नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.०४, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.३३, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाए ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्