सर्वोच्च अदालतमा ५ न्यायाधीशमध्ये ३ को सुनुवाइ सकियो, २ को बाँकी
काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित भएका ५ जना न्यायाधीशमध्ये ३ जना न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ।
संसदीय सुनुवाई विशेष समितिले न्याय परिषदबाट सिफारिस भएका पाँचै न्यायाधीशमध्ये प्रकाश ढुंगना, सुष्मा लता माथेमा, कुमार रेग्मीको सुनुवाइ सकिएको छ भने बाँकी २ जना न्यायाधीशको सुनुवाइ जारी छ। तीमध्ये न्यायाधीशमा सिफारिस हरि फुयाँलको संसदीय सुनुवाइ जारी छ भने मनोजराज शर्माको संसदीय सुनुवाइ बाँकी छ।
सुनुवाई समितिमा ५ वटा उजुरी परेको थियो । जसमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता सम्भु थापासहितले उजुरी गरेका थिए। समितिले उजुरीकर्ताहरुलाई बिहान ११ बजे बोलाएर छलफल गरेको थियो।