नोट्र–डामको आगो निभाउन महत्वपूर्ण थियो त्यो ३० मिनेट
बीबीसी : ८ सय ५० वर्ष पुरानो भवन जलिरहेको थियो र जलिरहेको थियो शहरका मानिसहरुको मनपनि । त्यो भवन कसैको घर थिएन तर आस्थाको केन्द्र थियो र त्यो शहरको पहिचान पनि । पेरिसको चर्चित नोट्र डाम क्याथेड्रलमा सोमबार भीषण आगलागी भयो ।
एउटा सानो आगोले पूरा भवन विध्वंश भयो । आगो जति छिटो फैलियो त्यति नै छिटो आगो निभाउनेहरु पनि सक्रिय भए । शहरको यो सबैभन्दा प्रमुख गिर्जाघरलाई बचाउनका लागि १५ देखि ३० मिनेटको समय निकै महत्वपूर्ण रह्यो ।
फ्रान्सका उप गृहमन्त्रीले यसलाई बचाउनका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरेको भन्दै अग्निनियन्त्रकहरुको काम र लगनको निकै तारिफ गरे । यो उनीहरुको हौसला नै थियो जसका कारण गिर्जाघरका ढुङ्गा र यसका दुई टावरलाई सुरक्षित बचाउन सकियो ।’ यद्यपी, गिर्जाघरमा लागेको आगो यति भयानक थियो कि यसको छाना पूर्ण रुपमा नष्ट भएको छ । आगो लाग्नुका कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
उप गृहमन्त्री लरेन्ट न्यूनेजले भने, ‘अहिलेका लागि हामीलाई यो सारा खेल १५ देखि ३० मिनेटको थियो भन्ने मात्र थाहा छ । उनका अनुसार आगोमाथि पूर्ण नियन्त्रण पाइएको भएपनि पुलिस र दमकल अधिकारीको समूह भवनको सुरक्षा सुनिश्चित गर्नका लागि अर्को ४८ घण्टा त्यही बस्नेछन् ।
पेरिसका सरकारी वकिल रेमी हेइट्जले आगलागी दुर्घटनावश भएको हुनसक्ने सम्भावना प्रचुर छ तर आफूले घटनाको मूल कारण जान्नका लागि करिब ५० जनालाई जिम्मेवारी सुम्पिएको जानकारी दिए । एक अन्य अधिकारीले भवनको पुनर्निर्माणको काम चलिरहेकाले यसैकारण आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । एकातर्फ आगलागीको वास्तविक कारण पत्ता लाग्न सकेको छैन भने अर्कोतर्फ चिन्ता यसकारण मात्र छ कि अब यो भवनलाई पुनः कसरी निर्माण गर्ने । विशेषज्ञका अनुसार यो काममा कम्तीमा १० देखि १५ वर्षको समय लाग्नेछ ।
तर राष्ट्रपति इम्यानुएल म्याक्रोंले नोट्र डामलाई ५ वर्षमा पुनः उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यतिमात्र होइन, उनले एक टिभी सम्बोधनमा यसलाई ५ वर्ष अहिलेसम्मकै सुन्दर स्थितीमा पुर्याउने बताएका छन् ।
ले मोन्ड पत्रिकाका अनुसार भवनलाई पुनः स्थापित गर्न थुप्रै कम्पनी एवं उद्योगपति तम्सिएका छन् । अहिलेसम्म भवनको नाममा ९१३ मिलियन डलर ९१ खर्ब बढी रुपैयाँ० जम्मा भइसकेको छ । फ्रान्सका मात्र होइन संसारभरीका मानिसहरु यो भवनको पुनर्निर्माणका निम्ति अग्रसर भएका छन् । युरोपेली संघकमा राष्ट्रपति डोनल्ड टस्कले पनि यसबारे आफ्नो चिन्ता व्यक्त गरेका छन् ।