सरकारको आलोचना जस्ले जति गरेपनि कामको गति रोकिने छैन : मन्त्री बाँस्कोटा
बुटवल : सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना जस्ले जति गरेपनि कामको गति नरोकिने बताएका छन् । मङ्गलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘सरकारको आलोचना गर्न छुट छ, स्वागत पनि छ ।’
सरकारले गरेका कामका सन्दर्भममा विपक्षी दलले आलोचना गरेकोतर्फ संकेत गर्दै उनले आलोचन गर्नु अधिकार भएको पनि बताए । ‘आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइरहन्छौ’, मन्त्री बाँस्कोटाको भनाइ छ । नयाँ भिजनका साथ अगाडि बढिरहेको सरकारले लगानी सम्मेलनमार्फत ७७ वटा योजानमा २४ खर्ब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैँमा राम्रो पक्ष भएको दावी गरे ।
एक बर्षलाई सरकारले नव निर्माणको बर्षको रुपमा लिएको भन्दै मन्त्री बास्कोटाले यसलाई आत्मसाथ गरेर अगाडि बढ्ने भनाइ राखे । चुनौतिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सरकारले केही नयाँ काम गर्न खोज्दा आलोचना सहुनुपर्ने भन्दै उनले पहिला सुरुङमार्ग, रेलमार्गका कुरा गर्दा हाँसो मजाकमा उडाउनेहरु अहिले आवश्यकता हो र रु भन्ने बहसमा लागेको बताए ।
बालुवाटार जग्गा प्रकरणको विषयमा मन्त्री बास्कोटाले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने छुट कसैलाई पनि नभएको भन्दै जोसुकैलाई पनि कारवाही गर्न नछेक्ने बताए ।