राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदन पेश
काठमाडौँ : महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक बर्ष २०७४र०७५ को महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदन पेश गरेका छन् ।
महालेखापरीक्षक शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।