Logo
१३ मंसिर २०८१, बिहीबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु

काठमाडौं : वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु हुने भएको छ । सरकारले बजेटमा सबै नेपालीको बैंक खाताको योजना लिएको थियो । सोही बजेट कार्यान्वयनका लागि सबै नेपालीको बैक खाता अभियान शुरु गर्न लागिएको हो ।

यसरी बैंक खाता खोल्दा सम्बन्धित बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने छ । खोलौ बैंक खाता अभियान २०७६ अन्र्तगत खोलिएका खातामा बैंक तथा वित्तिय संस्थाले १०० रुपैयाँसम्म जम्मा गर्न सक्ने भएका हुन् ।

सरकारले बजेटमा गरेको व्यवस्था अनुसार सबै नेपालीको बैंक खाता बनाउने लक्ष्यलाई कार्यान्वयन गर्न केन्द्रीय बैंकले यसअघि नै वैक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ । यसैगरी ग्राकह पहिचानमा सरल फारम बनाउन पनि केन्द्रीय बैकले निर्देशन दिएको छ ।

यस व्यवस्था अनुसार खोलिएको खातामा वार्षिक १ लाखसम्मको सीमा हुनेछ । यस्तै शनिवार (चैत ३०) राजस्व बुझ्ने बैंकका काउन्टर खुला राख्नपनि केन्द्रिय बैंकले निर्देशन दिएको छ ।

अर्थमन्त्रालयको आग्रहमा केन्द्रिय बैंकले शनिबार काउन्टर खुला राख्न भनेको हो । यता बाणिज्य बैंकहरुले बैशाख १ गते पनि बैंक खुला राख्ने भएका छन् । उनीहरुले सरकारले लिएको सबै नेपालीको बैंक खाता अभियानलाई सघाउन १ गते बैंक खुला राख्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्