छिमेकी देश भारतमा निर्वाचन सुरु : मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि
छिमेकी एंव विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ ।
अन्तिम मतदान मे १९ तारिखमा हुनेछ । १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।
जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिकाभन्दा चार गुणा ठूलो हो । यसपटक ८ करोड ४३ लाख नयाँ मतदाताले पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
१० लाख मतदान केन्द्रमा मत हाल्ने व्यवस्था मिलाइएको छ । मे २३ देखि मतगणना गरिने छ ।
भारतले पहिलो आम चुनाव ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१ मा गरेको थियो । निर्वाचनका लागि ठूलो संख्यामा कर्मचारी तथा सुरक्षाकर्मी खटाइएको छ ।
कम्तिमा २ सय ७२ स्थानमा विजयी हुने दलले आगामी सरकारको नेतृत्व गर्ने छ । सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी २८२ सिट जितेको थियो भने भारतीय काँग्रेसले केवल ४४ सिट सुरक्षित गरेको थियो ।
यसपटक प्रधानमन्त्री मोदीको झिनो टक्कर विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीसँग भइरहेको छ ।
यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।
भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१-५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो ।
प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले । यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।
अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।
किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।
सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ ।
निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्धानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् ।
अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका झिनो प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् । भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।
पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।
मोदीको पाँच वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको चुनावमा हिन्दु बाहुल्य भारतमा उनको चर्चा बढि छ । तर उनीमाथि विभाजनको राजनीति गरेको आरोप पनि छ । भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ ।
केही महिनाअघिसम्म मोदी र उनको पार्टी भाजपाको जित निश्चित जस्तै देखिएको थियो । तर गएको डिसेम्बरमा प्रमुख राज्यमा भएका विधानसभा चुनावमा भाजपा पराजित भएपछि राजनीतिक समिकरण केही फेरिएको देखिन्छ । तर फेब्रुअरीमा जम्मू-कश्मीरको पुलवामामा आतंवादी आक्रमण भएपछि फेरि भाजपाको पक्षमा जनमत देखिएको बताइन्छ ।
आम निर्वाचनको पहिलो चरणमा बिहीबार भारतका ५४३ लोकसभा क्षेत्र मध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान हुँदैछ । बिहीबारको निर्वाचनमा दक्षिणी राज्य आन्ध्रप्रदेश र केही वर्षअघि त्यसबाट चोइटिएर अलग प्रदेशको हैसियत आर्जिन सफल तेलंगनाका सबै अर्थात क्रमशः २५ र १७ क्षेत्रमा मतदान हुने छन् ।
निर्वाचन क्षेत्रका हिसाबले सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका ८० मध्ये ८ क्षेत्र, बिहारमा चार, महाराष्ट्रमाा सात, पश्चिम बंगालमा दुई, उडिसामा चार, असममा पाँच, उत्तराखण्डका सबै पाँच, छत्तिसगढमा एक, जम्मू–कश्मीरमा दुई तथा अरुणाञ्चल प्रदेशका दुई क्षेत्रमा मतदान हुने छ ।
यस्तै अण्डमान निकोवरको एक, लक्षदीपको एक, आउटर मणीपुरको एक, मेघालयका दुई, मिजोरमको एक, नागल्याण्डको एक, त्रिपुराको एक र सिक्किमको एक क्षेत्रमा सात चरणमा विभाजित भझण्डै पाँच साता लामो निर्वाचन प्रक्रियाको पहिलो चरणका लागि बिहीबार मतदान तोकिएको छ ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) चुनावी मैदानमा उत्रिएता पनि सबभन्दा ठूलो राज्य रहेको उत्तर प्रदेशका दुई क्षेत्रीय दल, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले गठबन्धन बनाई दुवै राष्ट्रिय गठबन्धनबाट आफूलाई बााहिर राखेका छन् ।
निर्वाचन परिणामले त्रिशंकु संसद जन्माएमा क्षेत्रीय तथा प्रान्तहरुमा सीमित दलहरुले चुनावपछिको समिकरणमा महत्वपूर्ण भूमिका पाउने छन् ।
भारतीय जनता पार्टीबाट ‘स्टार’ प्रचारकका रुपमा प्रधानमन्त्री मोदी, पार्टी अध्यक्ष अमित शाहसँगै उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ, गठबन्धनका नेता (जनता दल युनाइटेड) तथा बिहारका मुख्यमन्त्री नीतिश कुमार, पार्टीका अध्यक्ष शरत यादव छन् भने कांग्रेसका तर्फबाट राष्ट्रव्यापी रुपमा राहुल गान्धी, सोनिया गान्धी र छोरी प्रियंका गान्धी नै ‘स्टार क्याम्पेनर’ को भूमिकामा छन् ।