पेप्सिकोलामा नेपाल इन्भेष्टमेण्ट बैंकको ७९औं शाखा विस्तार
काठमाडौं : नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा आफनो ७९ औं शाखा विस्तार गरेको छ । का।म।न।पा। वडा नं ३२, पुरानो सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेको हो ।
आजैबाट बैंकको परिसरभित्र ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ । बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसँगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो ।
सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ । हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ ।