विश्वका यस्ता ७ मुलुक जहाँ जनतालाई तिर्न पर्दैन आयकर
काठमाडौँ : कुनै पनि देशमा मानिहरुले आफुले कमाएको आयकर तिर्नु पर्दछ । सरकारले सोहि आयकारको आधारमा देश चलाईरहेका हुन्छन् । कुनै ब्यक्ति तथा संघ संस्थाले जति धेरै पैसा कमायो उतिनै कर तिर्ने चलन छ ।
पछिल्लो समय हाम्रो देश नेपालमा हरेक कुराको करै कर मात्र तिर्नु पर्ने भएको छ । यस्तो अवस्थामा हामी तपाईहरुलाई त्यस्ता देशहरुका बारेमा जानकारी दिन गईरहेका छौं जुन देशमा आयकर तिर्नु पर्देन् । हो दुनियाका ती ७ देशमा जति सुकै आम्दानी किन नहोस त्यहाँ आयकर तिर्न पर्देन् ।
उत्तर अमेरिकाको बहमास
उत्तर अमेरिकाको महादेशको क्यारेबियन क्षेत्रमा कर्मचारी, कामदार तथा स्वरोजगारहरुले आफ्नो तलबबाट राष्ट्रिय विमाको प्रिमियम बापत रकम तिर्नु पर्दछ । त्यसैले पनि त्याहाँका मानिसहरुले आयकर तिर्नु पर्देन् ।
ब्रुनाई
पछिल्लो समय निक्कै कठोर कानुन बनिरहेको देश ब्रुनाईमा पनि आयकर तिर्नु पर्देन । त्याहाँ कर्मचारी कल्याण कोष र पेन्सनका लागी भने केहि रकम काट्ने गर्दछ ।
ओमान
ओमानमा पनि त्याहाँका नागरिकहरुले आयकर तिर्नु पर्दैन । तर त्यस देशमा १२ देखि १५ प्रतिशत सम्म ब्यवसायीक कर भने तिर्नु पर्दछ ।
साउदी अरब
पेट्रोलको खानी भन्ने बित्तिकै हामी साउदी अरवलाई नै सम्झन्छौं । त्य देशको मुख्य आयस्रोत भनेकोनै पेट्रोलीयम पदार्थ हो । साउदीका नागरकहरुले पनि आएकर तिर्नु पर्देन् । तर त्याहाँ खुदको ब्यवसाय गर्ने विदेशीहरुले भने २० प्रतिशत कर तिर्नु पर्दछ ।
कतारमा
नेपाली कामदारहरुको बैदेसिक रोजगारिको देश मध्ये एक देश अरब मुलुकका कतारमा पनि आयकर तिर्नु पर्देन् । यतिमात्र होइन कुनैपनि व्यक्ति वा कर्मचारीमाथि आयकर, लाभांस कर, पुँजीगत लाभकर तथा धनसम्पत्ति हस्तान्तरणमा कर लाग्दैन ।
कुबेत
सामाजिक विमा गरिने कुबेतमा पनि आयकरको प्रावधान छैन । आफ्नो आम्दानीको केही हिस्सा त्याहाँका नागरिकहरुले सामाजिक विमा योगदान गरेका हुन्छन् ।
उत्तरी आन्द्रा
उत्तरी आन्द्रा महासागरस्थित बर्मुडामा पनि नागरिकहरुले आयकर तिर्नु पर्दैन । तर त्यहाँका कर्मचारीहरुको पे रोल कर भने तलबबाट काटिन्छ ।