दश लाख भारुमा बेङलुअर बुल्सले किन्यो संजयलाई
काठमाडौं : नेपाली खेलाडी संजय श्रेष्ठ भारतमा हुने सबै भन्दा ठूलो कब्बडी लिगमा रु १० लाख भारुमा अनुबद्ध भएका छन । उनलाई बेङलुअर बुल्सले रु १० लाख भारुमा खरिद गरेको हो ।
धनुषामा जन्मिएका श्रेष्ठ १९ बर्षको उमेरदेखि कब्बडी खेल्न थालेका थिए । यो भन्दा अगिल्लो संस्करणमा उनी पुने पल्टनमा रु ८ लाख भारुमा अनुबद्ध भएका थिए । ५.५ फिट अग्ला श्रेष्ठ अलराउन्डर हुन ।