Logo
५ मंसिर २०८१, बुधबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालका डाक्टरहरुप्रति बिरामी आक्रोशित

काठमडौं : वीर अस्पतालमा उपचारका लागि धाउँदै आएका बिरामीहरुले चिकित्सकहरुले नै आफूहरुलाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बिहान अस्पतालले नै डाकेर स्वास्थ्य उपचारका लागि पुगेका काठमाडौं बनस्थलीका पाल्साङ तामाङले विरामीलाई अस्पतालमा डाक्ने तर उपचार नगर्ने सरकारी चिकित्सकहरुको रवैयाप्रति आपत्ति जनाएका हुन् ।

विना सूचना विरामीलाई डाकेर सास्तै मात्रै दिने गरेकोमा अस्पतालका डाक्टरहरुप्रति विरामीहरुको आक्रोश छ ।

उदयपुरबाट आएका चेतबहादुर कार्कीले स्वास्थ्य उपचारका लागि अस्पताल आएको ४ दिन हुँदा पनि उपचार पाउन नसकेको गुनासो गरे । उनले चिकित्सकहरुले विरामीलाई किन दुःख दिएको भन्दै प्रश्न पनि गरे ।

केही बिरामीहरु गरिवीका कारण सरकारी अस्पताल आइयो तर उपचार कहिले हुने भन्ने टुंगो नभएको भन्दै टोलाइरहेका थिए ।

यता, सरकारी चिकित्सकहरुले भने विगत ६ दिनयता अस्पतालको आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै आएका छन् ।

उनीहरुले कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै अस्पतालको आकस्मिक बाहेकका सबै सेवा अवरुद्ध पारेपछि विरामीहरु भने मारमा परेका छन् ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्