नागरिकता बनाउन पुगेका युवाहरुले प्रधानमन्त्रीविरुद्ध गरे नाराबाजी
काठमाडौं : बिराटनगरमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका छन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको सँगै युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी लगाएका हुन् ।
महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् । हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । तर, सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ ।