Logo
५ मंसिर २०८१, बुधबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारा-पर्सामा ज्यान गुमाएकाहरुको १३ औँ पुण्यतिथिमा शोक मनाउने मन्त्रिपरिषदको निर्णय

जनकपुरधाम : प्रदेश २ सरकारले बारा-पर्सा हावाहुरी (आँधी) मा ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ ।

आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले १३ औँ पुण्यतिथिको दिन (३० गते) प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

बैठकले १३ औँ पुण्य तिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतले विहान ११ बजे २ मिनेट मृतकको आत्माको चिरशान्तिको कामना गर्र्दै मौन धारण गर्न समेत आह्वान गरेको छ ।

मन्त्री सोनलले बारा-पर्सामा आएको विनाशकारी आँधी पछि त्यहाँ शौचालय, खानेपानी, बत्ति र टेन्ट लगायतको समस्या देखिएकोले तत्काल उक्त समस्याको समाधान गर्नका लागि केन्द्रीय सरकारसँग समन्वय गरिने बताए ।

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री सोनलले जानकारी दिए ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्