Logo
११ मंसिर २०८१, मंगलबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डियन प्रिमियर लिग : प्लेइङ ११ मा परे सन्दीप

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भारतीय कप्तान विराट कोहली आवद्ध रोयल च्यालेन्जर्स बैंगलोर र नेपाली स्पीनर सन्दीप लामिछाने भएको दिल्ली डेयर डेभिल्सबीच खेल हुँदैछ।

आइतबारको खेलमा नेपाली खेलाडी सन्दीप पनि प्लेइङ ११ मा परेका छन्। बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल दिउँसो ४:१५ सुरु हुँदै छ। सन्दीपको टिम दिल्ली बैंगलोरविरुद्ध चौंथो जितको खोजीमा रहने छन्।

दिल्लीले ५ खेलमा २ जित निकालेको छ। दिल्ली छैटौं स्थानमा छ। यता, बैंगलोर भने पहिलो जितको खोजीमा हुनेछन् । अघिल्ला पाँच खेल गुमाएको बैंगलोर पुछारमा छ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्