Logo
११ माघ २०८१, शुक्रबार
(April 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको आलोचना गर्दा २ पूर्वसहायक रथी कारबाहीमा

काठमाडौं : नेपाली सेना परिचालन सम्बन्धी प्रस्तावित विधेयक प्रावधान गलत रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि सिंहदरवारमा खैलाबैला मच्चिएको छ । सेनाका २ पूर्वसहायक रथीलाई कारबाही समेत भएको खबर छ ।

रक्षामन्त्रालयका निर्देशनमा सैनिक मुख्यालयले पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई पत्र पठाइ सचेत गराइएको छ । बानियाँले एक अन्तरवार्तामा भनेका छन्, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’ भने बस्न्यातले विप्लप समूहको समर्थनमा बोलेका छन् ।

बानियाँ र बस्न्यातले सेना परिचालन विधेयकको विषयलाई लिएर सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोप छ ।

प्रकाशित मिति: Apr 6, 2019

प्रतिक्रिया दिनुहोस्