आँधी पीडितलाई प्रदेश न. ५ सरकारद्वारा १ करोड सहयोग
बुटवल : बारा र पर्सा जिल्लामा भएको हावाहुरीका पीडितलाई प्रदेश ५ को सरकारले १ करोड रुपयमा सहयोग गर्ने भएको छ ।
गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका पीडितहरुका लागि प्रदेश नं. ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निणर्य आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव मा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताए ।
यसअधि रुपन्देहीको तिलोत्तमा नगरपनालिकाले ४ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।