काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने आइजीपी खनालको घोषणा
काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने घोषणा गरेका छन् । बिहिबार काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गरे ।
प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई पुनः सचेत गराए । उनले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए ।
प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने दोहोर्याए ।