Logo
२३ भाद्र २०८१, आईतबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा बैठक जारी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सात वटै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा बैठक चलिरहेको छ ।

बिहान पौने ८ बजेदेखि सुरु भएको बैठकमा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको रिर्पोटिङ गरेका छन् । बैठकमा प्रदेशका लागि आगामी बर्षको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौं आएका बेला प्रधानमन्त्रीले बालुवाटारमा बैठक डाकेका हुन् । बैठकमा बारामा गएको आँधी प्रभावितका बारेमा पनि छलफल हुने भएको छ । झन्डै एक महिनाअघि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग सिहदरबारमा छलफल गरेका थिए ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्