Logo
२३ भाद्र २०८१, आईतबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोजगारीको अवसर सृजना हुने शैक्षिक नीति तय गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकालाई आग्रह गरेका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा अध्यक्ष दाहालले सरकारलाई सो कुरा आग्रह गरेका हुन् । उनले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने समेत बतथाए ।

अध्यक्ष दाहालले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । उक्त बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । पढेको जनशक्ति विदेश पलायन हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्ने अध्यक्ष दाहालको भनाई छ ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्