Logo
२३ भाद्र २०८१, आईतबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरी प्रभावितलाई कांग्रेसले २५ लाख दिने देउवाको घाेषणा

काठमाण्डौं : मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्साको हावाहुरी प्रभावित ठाउँमा पुगेका छन् ।

त्यहाँ पुगेर उनले प्रभावितहरूलाई सहयोग गर्न सरकारी राहत कोषमा कांग्रेसले २५ लाख दिने निर्णय गरेको केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेसका पीडितलाई सहयोग र राहतलाई सहयोग गर्न निर्देशन दिए । हुरीबाट प्रभावितहरूलाई भेटेर देउवाले आफूहरूले सक्दो सहयोग गर्ने समेत बताएका थिए ।

तपाईंहरूको साथमा छौं, तपाईंको उपचार व्यवस्था हेरेर सरकारलाई दबाब दिन्छौं, कांग्रेसले केन्द्रबाट २५ लाख राहत कोषमा जम्मा गर्ने छ, देउवालाई उद्धृत गर्दै मन्सुरले भने ।

मन्सुरका अनुसार केन्द्रबाट २५ लाख र २ नम्बर प्रदेशको कांग्रेस संसदीय दलले छुट्टै १० लाख राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्