Logo
२३ भाद्र २०८१, आईतबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सा पुगेर प्रचण्डले गरे क्षतिबारे निरीक्षण, पीडितहरुका लागि दिए यस्तो आशा लाग्दो प्रतिकृया

बारा : बारा-पर्सामा आएको हावाहुरीका कारण भएका क्षतिको निरीक्षण गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राहत प्रकृया अगाडि बढाउन लागेको प्रतिकृया दिएका छन् ।

पर्सास्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेर फर्केपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राहत तथा उद्धारको काम राम्रोसँग चलिरहेको तथा उपचार पनि राम्रो भइरहेको प्रतिकृया दिए ।

उनले आफूहरुले राहतको विषयमा छलफल गरिरहेको बताउँदै सरकारले राहतको प्रकृया अगाडि बढाउने कुरा भनिसकेको छ चाँडै नै पीडित परिवारले राहत पाउने प्रतिकृया दिए ।

आइतबार राती हावाहुरीका कारण क्षति भएका ठाउँलाई निरीक्षण गर्न अध्यक्ष प्रचण्ड मंगलवार त्यहाँ पुगेका छन् । हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्