Logo
२३ भाद्र २०८१, आईतबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका नेता ठाकुर र महतोको भावी राजनीतिमा सूर्य ग्रहण लाग्न सक्ने सम्भावना उच्च

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सी.के. राउतसँग ११ बुँदे सम्झौता गरेपछि आपूmहरूलाई तराई मधेशको मसिहा ठान्ने राजपा र फोरमको निद हराम बन्न पुगेको छ । मधेश टुक्रायाउने धम्की दिने राजपाका महन्थ ठाकुर र राजेन्द्र महतोको भावी राजनीतिमा सूर्य ग्रहण लाग्ने जानकारहरूले बताएका छन् ।

राउतले विखण्डनको नारा छाडेर ११ बुँदे सम्झौता गरे पनि विश्वास गरिहाल्ने अवस्था नरहेको मधेश केन्द्रित दलका नेताहरूले बताएका छन् । सरकारले राउतसँग ११ बुँदे सम्झौता गरेर तराईमा आफ्नो पार्टीको उपस्थिति देखाउन खोजेपछि राजपा र फोरमबीच एकताको गृहकार्य शुरु भएको छ ।

राजपा र फोरमबीच एकता नभए मधेश राजनीतिमा काँग्रेस र नेकपाको हालिमुहाली बढ्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । विगतमा राजपासँग पार्टी एकताका लागि फोरमले राखेको प्रस्ताव राजपाले बेवास्ता गर्दै आएकोले अब एकताका लागि राजपाले नै अग्रसरता देखाएको समाचार स्रोतले नै अग्रसरता देखाएको समाचार स्रोतले बताएको छ । राउतले जनमत पार्टी दर्ता गर्ने निर्णय गरेपछि राजपा र फोरमलाई ठूलो क्षति हुने भएको छ ।

राजपा र फोरमबीच पार्टी एकता हुने चर्चाले व्यापकता पाएको अवस्थामा सत्ता लम्पट फोरम अध्यक्ष उपेन्द्र यादवले सजिलैसँग सरकार छाड्लान भन्नेमा आशंङ्का खडा भएको छ । संविधान संशोधनको माग राखे पनि सत्तामा जुम्रो भैंm टाँसिएका अध्यक्ष यादवलाई गत फागुन २३ गते राउतसँग भएको सम्झौताले ‘दाँतमा ढुङ्गो लाग्न पुगेको’ र अस्तित्व रक्षाका लागि राजपासँग एकता गर्न बाध्य बनाएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्