Logo
२३ भाद्र २०८१, आईतबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास निर्माणका लागि लगानी सम्मेलन ऐतिहासिक : प्रधानमन्त्री

मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न भएकाे दुई दिने लगानी सम्मेलन विकास निर्माणको कामका लागि सफल र भव्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले केही दिनका लागि लगानी कर्ताका लागि विभिन्न आयोजना छनोटका लागि समय दिइएको समेत बताए ।

विश्वबैंक, एलियाली विकास बैंकदेखि थुप्रै लगानीकर्ताहरूको प्रतिबद्धता र उत्साह देख्दादेख्दै असफल भयो भन्नुको कुनै दबाई नभएको ओलीको भनाइ थियो । उनले चालू आर्थिक वर्षलाई आफूहरूले आधार वर्षको रूपमा लिएको र यस वर्षमा पनि आठ प्रतिशतको आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले अब विकास निर्माणका आयोजनाहरू कार्यान्वयनको वर्ष हुने बताउँदै तीव्र गतिमा हुने विकास निर्माणको कामलाई अगाडि बढाउन लगानी सम्मेलन ऐतिहासिक सफल भएको पनि बताए।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्