Logo
२३ भाद्र २०८१, आईतबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख प्रतिपक्षी दलको आग्रहमा सुनुवाई समितिको बैठक पुन: दुई दिन पछि बस्ने

काठमाडौं : आइतबार बोलाइएको संसदीय सुनुवाई समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा पुन: दुई दिन पछि बस्ने भएको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्न आज आइतबार बोलाइएको बैठक कांग्रेसको आग्रहमा दुई दिन पछि सारेर मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

संवैधानिक परिषदको केही दिनअघिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा परिषद सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन् ।आइतबारको सुनुवाइ समितिको बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले परिषदको सिफारिसका विषयमा सभापति देउवासँग छलफल गर्नुपर्ने भएकाले बैठक १० दिन पछि सार्न माग गरेका थिए । काठमाडौं बाहिर रहेका देउवा फर्किएपछि सल्लाह गर्ने भन्दै उनीहरुले १० दिनको समय मागेका थिए ।

सुनुवाइ समितिमा उपस्थित कांग्रेसका भीमसेनदास प्रधान र जितेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक बसेर महत्वपूर्ण निर्णय गर्नु ठीक नभएको बताए । ‘संविधानअनुसार प्रमुख प्रतिपक्षी दलको उपस्थितिमा मात्र परिषदले निर्णय गर्नुपर्छ । लगातार तीनवटा बैठकमा अनुपस्थित भएमा मात्र निर्णय गर्नुपर्छ । तर यसपटक त्यो गरिएन’ उनले भने । सभापति देउवाले परिषदलाई चैत ११ गतेसम्म मेरो व्यस्तता छ र २२ गतेसम्म अन्य पूर्वनिर्धारित कार्यक्रम भएकाले २२ गतेपछि गरौं भन्ने प्रस्ताव गर्दा बेवास्ता गरिएको उनले बताए ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्