Logo
११ माघ २०८१, शुक्रबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब नेविसंघ नेतृत्वविहिन हुँदैन’ : सहमहामन्त्री डा. महत

काठमाडौं : नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति एक हप्ताभित्रै गठन हुने दाबी गर्दै अब नेविसंघ नेतृत्वविहिन नहुने बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री नेविसंघको महतले तदर्थ समिति गठनका लागि गर्न गृहकार्य भइरहेको बताएका हुन् । नेविसंघ निर्देशन समितिका संयोजक समेत रहेको सहमहामन्त्री महतले भने, ‘अब नेविसंघ नेतृत्वविहिन हुँदैन । तदर्थ समिति गठन गर्न सभापतिजीले छलफल गरिरहनुभएको छ । अबको एक हप्तामै नेविसंघले नेतृत्व पाउँछ ।’

उनले नेविसंघको केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएकाले अब गठन गरिने तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गर्ने बताए । डा।महतले नेविसंघको विधानअनुसार १२ औँ महाधिवेशनबाट ३२ वर्षमूनिको नेतृत्व आउने भन्दै तदर्थ समितिमा उमेरहद लागू नहुने जिकिर गरे ।

माघ २८ गते ११ औँ महाधिवेशका निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्व विहिन अवस्थामा छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरुलाई बुढानीलकण्ठ बोलाएर नेविसंघ तदर्थ समिति गठनबारे छलफल गरेका थिए ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्