Logo
१३ मंसिर २०८१, बिहीबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगानीकर्ताका लागि समय अनुकुल छ, निर्धक्कसाथ लगानी गर्नुहोस् : अर्थमन्त्री खतिवडा

काठमाण्डौं : राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले विदेशी अहिले लगानीकर्तालाई लगानी अनुकुल वातावरण बनेकाले निर्धक्कका साथ नेपालमा लगानी गर्न आव्हान गरेका छन् ।

स्थिर सरकारसँगै मुलुकमा संघियताको सफल कार्यान्वयन भइसकेकाले लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका हुन् । लगानी सम्मेलनका संयोजकसमेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको मुलुक भएकाले निधक्र्कका साथ लगानी गर्न आग्रह गरे ।

सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको स्पष्ट पारे । उनले लगानी सम्बन्धी कानुन परिमार्जन गरिएको, संभावनाका परियोजनाहरु नै प्रस्ताव गरिएको तथा सरकारी नीजी साझेदारी अवधारणा अनुसार काम गर्न सरकार तयार रहेको भन्दै भौतिक पुर्वाधार निर्माण, औद्योगिकरण, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरि आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यकता परेको स्पष्ट पारे ।

उनले दोहोरो अंकको आर्थिक वृद्धि हासिल संगै दीगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिबद्ध रहेको र सोही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउँदै लगिएको स्पष्ट पारे ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्