Logo
५ मंसिर २०८१, बुधबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक संकट र पारिवारिक चिन्ता कम गर्न घरकाे उचित स्थानमा राख्नुहोस् यी ५ चीज

एजेन्सी : नेपाली परम्पराअनुसार वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ । यसले आर्थिक तथा पारिवारिक संकट र चिन्तालाई कम गर्छ । बास्तु शास्त्रका अनुसार केही यस्ता चीजहरु छन् जसलाई घरको सही स्थानमा राख्दा सुख र समृद्धि आउँछ ।

कछुवा
कछुवालाई शुभ जीव मानिन्छ । यसलाई घरमा राख्दा सफलता र धन-दौलत र खुशीयाली बढाउने सुचकको रुपमा लिइन्छ । यसलाई अफिसमा वा घरको उत्तर दिशामा राख्नुपर्छ ।

तीनवटा सिक्का
घरको ढोकामा रातो रिबनमा तीनवटा सिक्का बाँधेर राख्दा घरमा धन र समृद्धि आउँने बताइन्छ । यसको लागि रातो रिबनमा जम्मा तीनवता सिक्का बाँधेर ढोकाको भित्रपट्टि राख्नुपर्छ । बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ ।

ड्र्यागनको जोडी
ड्र्यागनको जोडी समृद्धिको प्रतिक हो । सबैभन्दा धेरै उर्जा यसको खुट्टाको पञ्जामा हुन्छ । यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ । यसले पुरुषत्व, हिम्मत र बहादुरीको प्रतिक मानिन्छ । यसमा अपार शक्ति हुन्छ ।

लाफिङ बुद्ध
आर्थिक सफलता प्राप्त गर्नको लागि हरेक व्यक्तिको घरमा लाफिङ बुद्ध राख्न जरुरी हुन्छ । लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्नुपर्छ । बुद्धलाई समृद्धिका देवता मानिन्छ । बुद्धको मुस्कानले समृद्धि आउँने विश्वास गरिन्छ ।

सुनौलो माछा
घरमा पनि सुनौला माछा राख्दा सौभाग्य बढ्ने मान्यता रहेको छ । यसले धन, मान, सम्मानमा वृद्धि गर्ने विश्वास गरिन्छ । तर, यसलाई बेडरुम, भान्साकोठा र बाथरुममा कहिल्यै पनि राख्नुहुँदैन ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्