Logo
११ माघ २०८१, शुक्रबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र निर्माणको महाअभियानमा सरकार : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताएका छन् । नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला-२०७५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताएका हुन् । उनले राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोतको परिचालन गरिने समेत बताए ।

प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने बताएका छन् । ‘सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा म भन्न चाहन्छु, हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं ।

विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानुन सजिलो बनाउँछौं’ प्रधानमन्त्री ओलीले भने, ‘लगानी प्रबद्र्धन गर्न सरकारको तर्फबाट कुन-कुन ऐन कानुन संशोधन गर्नुपर्दछ, तपाईंहरुको सुझाव आओस् । सरकारले त्यस्ता कानुनहरुको संशोधन गर्दछ ।’

प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुनौलो भूमि भएको बताए । ‘विदेशी लगानीका लागि नेपाल उपयुक्त छ’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ प्रतिष्पर्धा कम छ । त्यसैले पनि लगानी गर्न आउनेहरुलाई यहाँ सहज छ ।’प्रधानमन्त्री ओलीले विगतमा मुलक बर्बाद पारिएको सुनुवाइ सुनेर मात्र देश विकास नहुने बताए ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्