Logo
१३ मंसिर २०८१, बिहीबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगानी सम्मेलनको सुरक्षाका लागि ४ हजार भन्दा बढी प्रहरी परिचालन

काठमाडौं : ६ सय भन्दा बढी विदेशी र ३ सयभन्दा बढी स्वदेशी लगानीकर्ता सहभागी हुने लगानी सम्मेलनका लागि प्रहरी प्रधान कार्यालयले ४ हजार २ सय भन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ ।

यहि शुक्रवार र शनिवार हुन लागेको दुई दिने सो सम्मेलनमा विदेशी-स्वदेशी लगानीकर्ता सहभागी हुने सम्मेलन स्थल तथा लगानिकर्ता बस्ने निवासको सुरक्षार्थ प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले ठुलो संख्यामा प्रहरी परिचालन गर्न लागेको हो ।

‘सम्मेलनलाई मध्यनजर गरेर महानगरीय प्रहरी कार्यालयले ४ हजार २ सय प्लस प्रहरी कर्मचारी खटाएको छ’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) श्याम ज्ञवालीले भने, ‘काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको नियमित ड्युटी बाहेक समिटको लागी मात्रै उक्त संख्यामा प्रहरी कर्मचारी खटाईएको हो ।’

कालीमाटिस्थित सोल्टी क्राउन प्लाजा होटलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । सम्मेलनमा ४० मुलुकबाट उच्चस्तरिय प्रतिनिधिमण्डल सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुन आउने उच्चस्तरीय प्रतिनिधिमण्डल लाई एयरपोर्टदेखि कार्यक्रम स्थलसम्म स्कर्टिङ गर्न र सम्मेलन स्थलको सुरक्षार्थ प्रहरी प्रधान कार्यालय अन्तर्गतको सुरक्षा सेवा निर्देशनालयले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको कमाण्डमा विशेष टिम परिचालन गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) शैलेश थापा क्षेत्रीले सम्मेलनको सुरक्षा मनिटरिङ गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको बताइएको छ । सम्मेलनमा सहभागी हुने आउने लगानीकर्ताहरुलाई काठमाडौंका १९ ओटा र ललितपुरका ३ ओटा होलटमा बस्ने व्यवस्था सरकारले मिलाएको छ । काठमाडौं र ललितपुरका तारे होटल तथा बुटिक होटलहरुमा लगानीकर्ताहरु बस्नेछन् । बौद्ध, ठमेल, लाजिम्पाट र दरबारमार्गका होटलहरु जहाँ लगानीकर्ता बस्नेछन् ति होटलहरुमा प्रहरी परिचालन गरिसकिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) वसन्त लामाको मनिटरिङमा काठमाडौं प्रहरीले १०९ स्थानमा पिकेट, २३ ओटा मोवाईल, १९ स्थानमा कर्डन ड्युटी र २२ स्थानमा पैदल गस्ती गर्नेगरी सुरक्षा ब्यवस्था मिलाएको छ ।

त्यस्तै, लगानी सम्मेलनका लागी विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन उपाध्यक्ष डोङ ली नेपाल आउने भएका छन् ।

त्यस्तै, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकको लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष केइको होण्डा नेपाल आउँदैन् । पावर चाइना, अमेजन, माईक्रोसफ्ट, चाइना रेलवे, डाबर र युनिलिभर लगायतका विश्वप्रसिद्ध कम्पनीहरुका उच्चपदस्थ प्रतिनिधिहरु पनि सम्मेलमा सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्