अमेरिकामा आफ्नो हैसियत विर्सेपछि चौतर्फी आलोचनाको घेरामा प्रचण्ड
काठमाडौं : कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सिता दाहालको उपचार गराउने क्रममा केहि दिन अघि अमेरिका पुगेका थिए । अध्यक्ष दाहालले अमेरिकाको बसाईमा आफ्नो हैसियत भुलेर केहि विशिष्ट व्यक्तिहरुसँग गोप्य भेट गरेका छन् ।
दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अमेरिकामा आफ्नो हैसियत बिर्सेर जथाभावी भेट गरेको भन्दै आलोचना भएको छ । गत साता बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका पुगेका थिए । श्रीमती सिताको उपचारपछि उनी अमेरिकास्थिति नेपाली राजदुत डा अर्जुन कार्कीसंग भेटेका थिए ।
उनै कार्कीको निवासमा बसेका प्रचण्डले हैसियत विर्सेर गोप्य भेट गरे । राजनीतिक गतिविधिको सम्पूर्ण समन्वय राजदुत डा. कार्कीले गरिदिएका थिए । प्रचण्डलाई सोमवार बिहानै अमेरिकी विदेश मन्त्रालयकी एक कर्मचारीसंग डा. कार्कीले भेट गराएका थिए । भेटलाई राजदूत कार्कीले उल्लेख्य उपलब्धि ठानेका छन् भने प्रचण्ड स्वयंले समेत यसलाई राजनीतिक सम्पर्क स्थापित गरेको अर्थमा व्याख्या गरेका छन् । तर, भेट गर्दा आफ्नो मर्यादालाई कायम गर्न सकेनन् ।
त्यसैदिन प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीलाई निवासमा भेटेका छन् । दुई पटक प्रधानमन्त्री भैसकेका प्रचण्डले अमेरिकी विदेश मन्त्रालयका एक कर्मचारीसँग उनकै कार्यकक्षमा पुगेर फोटो सेसनसमेत गराए । तस्वीर प्रचण्ड पुत्री गङ्गा दाहालले फेसबुक वालमा राखेकी थिइन । प्रचण्डले सोमबार विदेश मन्त्रालयमा नै पुगेर कर्मचारी एलिस जी वेल्सलाई भेटेका थिए ।
अध्यक्ष प्रचण्ड बसेको ठाउँमा आएर भेट्नुपर्ने कर्मचारीले उल्टो प्रचण्डले नै कर्मचारीको कक्षमा गएर भेट गर्नु शिष्टाचार र कुटनीतिक मर्यादाभित्र पर्दैन ।