Logo
२ कार्तिक २०८१, शुक्रबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रमुख निर्वाचन आयुक्त छान्न संवैधानिक परिषद् बैठक बस्दै

काटमाण्डौं : ६ वर्षे कार्यकाल सकेर प्रमुख निर्वाचन आयुक्तबाट अयोधिप्रसाद यादवले आइतबार अवकाश पाएका छन् ।

यादवले अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा नियुक्त गर्न संवैधानिक परिषद् बैठक सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । त्यस्तै, आयुक्त इला शर्माले पनि आइतबारदेखि नै निर्वाचन आयोगको आयुक्त पदबाट अवकाश पाएकी छन्।

सोमबारको परिषद् बैठकमा रष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति आयोग अध्यक्ष तथा सदस्य नियुक्तिका विषयमा समेत छलफल हुने जनाइएको छ ।

‘आजको बैठक खासगरी प्रमुख निर्वाचन आयुक्तको नियुक्तिबारे केन्द्रीत हुनेछ,’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बताए।

परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्