Logo
२३ भाद्र २०८१, आईतबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्धको तयारीमा प्रतिबन्धित-नेकपा : भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणमा विष्फोटक समातियो

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालमा हिंसात्मक गतिविधि गरिरहेको ठूलो युद्धको तयारी गरिरहेको संकेत देखिएको छ । नेपाल भित्रिन लागेको विष्फोटक पदार्थको ठूलो परिमाण भारतको सशस्त्र सीमा बलले पक्राउ गरेको छ ।

भारतको सिलगुडीबाट नेपाल भित्र्याउन लागेको अवस्थामा पश्चिम बंगालमा एक नेपाली ठूलो परिमाणमा विष्फोटक पदार्थसहित पक्राउ परेको भारतीय मिडिया युनाइटेड न्यूज अफ इण्डिया (युएनआइ) ले जनाएको छ ।सशस्त्र सीमा बलले आज बिहा गस्तीका क्रममा नेपाली युवा चरण रोकालाई ठूलो परिमाणमा विष्फोटक पदार्थसहित पक्राउ गरेको समाचारमा जनाइएको छ ।

चरणको घर नेपालको म्याग्दी जिल्लाको रुमा भन्ने ठाउँमा भएको बताइएको छ । उनको साथबाट बिस्फोटक सामग्री समेत बरामद भएको जनाइएको छ । उनी नेपालमा कुन समूहमा आबद्ध थिए भन्ने खुलिसकेको छैन । उनले गन पाउडर, इलेक्ट्रिकल डिटोनेटर र अन्य बम बनाउने रासायनिक सामग्री समेत बोकेका थिए ।

सो विस्फोटक पदार्थ लिएर उनी नेपाल छिर्ने प्रयासमा थिए । प्रहरीका अनुसार उनको साथबाट निओजेल पावरजेल (विस्फोटक पदार्थ) प्रतिगोटा १२५ ग्राम रहेका २०५ प्याकेट र ३५५ वटा स्टीक सहितको इलेक्ट्रिक डिटोनेटर फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्