Logo
१० माघ २०८१, बिहीबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो : विक्रम चन्द ‘विप्लव’

सरकारद्वरा प्रतिबन्धित नेपाल कम्यूनिस्ट पार्टीका महासचिब नेत्र विक्रम चन्दले चन्दा ‘विप्लव’ आफ्नो नौसर्गिक अधिकार भएको जनाएको छ। फागुन २८ गते मङ्गलबार बालुवाटार प्रधानमन्त्री निवासमा बसेको मन्त्रिमण्डल बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको भन्दै प्रतिबन्ध लगाएपछि सोको विरूद्ध प्रतिक्रिया दिदैं उनले वक्तव्यमार्फत दिने क्रममा यस्तो बताएका हुन।

पार्टीका महासचिव विप्लवसमेत रहेका विप्लपले २९ गते वक्तव्य निकाल्दै आफूहरूले कुनै विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली नगरेको जनाउँदै आफ्नै बलबुदाँमा क्रान्ति अगाडी बढाउने क्रममा चन्दा उठाएको र यसरी चन्दा उठाउनु आफ्नो नौसर्गिक अघिकार भएको बताएका हुन्।

विज्ञप्तिमा ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । अरू कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार नै हो । यसप्रति कोही पनि भ्रममा नपर्न साथै दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न विनम्र अनुरोध गर्दछौँ । हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ ।’ भनिएको छ।

यसैगरी विज्ञप्तिमा सरकारले दमन गरे उपयूक्त जवाफ फर्काउने चेतावनी समेत दिएका छन्। ‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यको मुखतोड जबाफ दिइनेछ ’, विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा आफ्नो पार्टीले चुनाव बहिष्कार गरेयता सरकारले आफ्नो पार्टी र कारयक्रतालाई दमन गरिरहेको पनि बताएको छ। उसले राज्य दमनका क्रममा आफ्ना ३ कार्यकर्ता हत्या भएको र दर्जनबछि घाइते भएको जनाएको छ। क

‘हालै कथित अप्रेसनका नाममा कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि ट्वाइलेट (पहिले जङ्गलमा भन्ने आएको थियो) मा लगेर गोली हानिएको छ । सयौँजना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको छ । झूट्टा मुद्दा व्यापक लगाइएको छ ।’ विज्ञप्तिमा लेखिएको छ। त्यस्तै विज्ञप्तिमा सरकारले कारबाहीलाई चन्दामा लगेर जोड्नु सरकारको भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल मात्र हो पनि भनेको छ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्