बिद्रोहहरु किन जन्मिन्छ, सरकारले कारण खोज्नुपर्छ, प्रतिबन्ध समाधान होइन : राजेन्द्र महतो
काठमाडौं : राजपा नेपालका अध्यक्ष राजेन्द्र महतोले विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको आलोचना गरेका छन् । उनले प्रतिबन्ध लगाउँदैमा समस्या समाधान नहुने पनि तर्क गरे ।
बुधबार संघीय संसद भवनमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले विद्रोहको कारण नखोजी प्रतिबन्ध गरेर मात्र समस्या समाधान नहुने बताएका हुन् ।
उनले भने,”हिंस्रक आन्दोलन, सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलन किन हुन्छ कारणमा जानुपर्छ, कारणमा नगई प्रतिबन्धै प्रतिबन्ध गरेर हुँदैन ।”
उनले प्रतिबन्ध समस्याको समाधान नभएको जिकिर गरे । उनले थपे,‘किन बिद्रोहहरु जन्मिन्छ, त्यो विद्रोह जन्मिने कारणमा जाुनपर्छ। त्यो कारणको समाधान खोज्नुपर्छ ।’