विप्लव समुहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय
काठमाडाैं : मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युष्ट पार्टी ‘विप्लव’ समुहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बम विस्फोटलगायतका आपराधिक क्रियाकलाप सम्लग्न भएकाले प्रतिबन्ध लगाएकाे बताए ।
याे प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा केही दिनअघि नै गएकाे स्राेतले जनाएकाे छ । विप्लव समुहले आपराधिक कार्य गरी विकासका पूर्वाधारमा बम विस्फोट गराउने र शान्ति सुरक्षामथि आक्रमण गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हाे ।