सेयर-बजार : नेप्से सुचक तथा कारोवार रकम दुुबैमा बृद्धि
काठमाडौं : आज सोमबार नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि देखिएको छ । आज नेप्से १४ दसमलव २८ अंकले बढेर ११ सय ४२ दसमलव ९३ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव १३ अंकले बढेर दुुई सय ४३ दसमलव २६ अंकमा पुुगेको छ ।
एक सय ७१ कम्पनीहरुको छ हजार सात सय ५३ वटा कारोवारमा १३ लाख ४७ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड २८ लाख ४० हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ ।
११ वटै समुहको कारोवार भएकोमा अन्य समुहको कारोवार सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेको छ । यि मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव १८ अंकले बढेर नौ सय ८१ दसमलव ६६ अंकमा पुुगेको छ ।