Logo
१० माघ २०८१, बिहीबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनापछि भारतमा चुनाव : मोदीको भाग्य नतिजा २३ मईमा सार्वजनिक हुने

दुनियाकै सबैभन्दा ठुलो लाृकतान्त्रिक देश भारतमा आम निर्वाचनको मिति घोषणा गरिएको छ । ७ चरणमा घोषणा गरिएको उक्त निर्वाचनको अन्तिम नतिजा भने २३ मइमा सार्वजनिक गरिने छ । अहिलेको ठिक एक महिनापछि अर्थात ११ अप्रिलदेखि १९ मईसम्म भारतमा निर्वाचन हुने छ ।

निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर मिति सार्वजनिक गरेको हो । भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने ब्यवस्था छ । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ ।

नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुको बाहेक देशभरी सयभन्दा बढी पार्टीहरु पनि प्रतिश्पर्धामा रहने अधिकारीहरुले बताएका छन् ।

यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । हिन्दु राष्ट्रवादी मुद्धा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाईलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ ।

भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रुपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिस्पर्धा रोचक हुने भारत सञ्चार माध्यमहरुले लेखेका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्