Logo
१० माघ २०८१, बिहीबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘विप्लवलाई खोज र सँगै राखेर वार्ता गर तिरस्कार गरियो भने फसादमा परिन्छ’

काठमाडौँ : विप्लव नेतृत्वको पार्टीलाई तिरस्कार नर्गन राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सरकारलाई सुझाव दिएका छन् ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले तत्काल विप्लवलाई खोजेर वार्ता गर्न सरकारलाई सुझाव दिएका हुन् । बैठकमा बोल्दै उनले भने, ‘विप्लवलाई खोज र सँगै राखेर वार्ता गर । उनीहरुलाई तिरस्कार नगर । तिरस्कार गरियो भने फेरि फसादमा परिन्छ ।’

सांसद विडारीले सिके रावतसँग भएको सम्झौतालाई गलत तरिकाले व्याख्या गरेर भ्रम फैलाएको बताए । उक्त सम्झौतालाई कुर्तक गरेर अलमलाउने काम थालिएको भन्दै त्यस्तै बेईमानि काम नर्गन आग्रह गरेका छन् । उनले रावतसँग भएको सम्झौता पत्रमा भएका शव्दलाई गलत व्याख्या गर्न नहुेने बताए ।

सांसद विडारीले भने, ‘जनमतसँग्रह राष्ट्रिय महत्वका विषयहरुमा मात्रै हुन्छ । कुनै देशको एक इन्चि जग्गा राख्ने कि नराख्ने भनेर जनमत हुदैँन, उनले भने, ‘त्यस्तो बेठिक तर्क गर्ने ? जिम्मेवार राजनीतिक दलले, जिम्मेवार नेताले रु यस्तो बेईमानि गर्न मिल्दैन ।’ सांसद विडारीले प्रमुख विपक्षी दल नेपाली काग्रेसले रचनात्मक भूमिका ननिभाएको र भाँजो हाल्ने काम गरेको भन्दै चार वर्ष धैर्य गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्