Logo
५ मंसिर २०८१, बुधबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन-पाकिस्तनानको आर्थिक करिडोरले झस्कायो चीनलाई

चीनले चरमपन्थी संगठन जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेपछि अब उनीहरुलाई एउटा चिन्ताले सताइरहेको छ । यसबारे इकोनोमिक टाइम्सले बताएको छ । गत महिना भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जैश-ए-मोहम्मदको कुरा निकाल्दै यसको विरोध गरेको थियो ।

सुरक्षा परिषद्ले जैश–ए–मोहम्मदको सिधा नाम लिएपछि चीनमाथि निकै दबाब परेको थियो किनभने सुरक्षा परिषद्को स्थायी सदस्य भएपनि उनीहरु मसूद अजहरलाई अन्तर्राष्ट्रिय चरमपन्थी मान्न तयार थिएनन् । भारतले मसूदलाई अन्तर्राष्ट्रिय चरमपन्थी घोषणा गराउनका लागि थुप्रै कोसिस गर्यो तर चीनले हरेक पटक यसलाई भिटो गरिदियो । तर यसपटक सुरक्षा परिषद्ले जब सिधा रुपमा जैशको नाम लियो तब चीन पनि यसमा आपत्ति जनाउन सकेन ।

यो सबै घटनाक्रमपछि अब जैशले पाकिस्तान प्रशासित काश्मिरबाट जाने चीन–पाकिस्तनानको आर्थिक करिडोर ९सिपीइसी० लाई निशाना बनाउन सक्छ भनेर चीन डराइरहेको छ ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्