Logo
२ माघ २०८१, बुधबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरुलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेश गरिएको पनि स्पष्ट पारे । उनले अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीहरुलाई बढुवा भएर संघीय सरकार मातहत ल्याउने बाटो खुला रहेको पनि बताए ।

बिहीबार ललितपुरमा नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुका लागि आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले कुनै पनि तहका कर्मचारीहरुको वृत्ति विकास नरोकिने पनि दोहोर्याए । उनले अहिले समायोजनमार्फत् स्थानीय तहमा गएका निजामती कर्मचारीहरुलाई संघीय सरकार मातहतनै फर्काउने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्