Logo
२८ पुस २०८१, आईतबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समस्यामा हुँदा आफुलाई कसरी सम्हाल्ने ? पढ्नुहोस् रामायणबाट सिकिने केही पाठहरु

एजेन्सी : रामायणमा तुलसीदासले धेरै ज्ञानगुनका कुराहरु बताएका छन् । जसलाई जीवनमा लागु गर्नसके जीवन अत्यन्त सरल र सुखी हुन्छ । यस्तै एक ज्ञानको कुरामा उहाँले अप्ठ्यारो समयमा कसरी अगाडि बढने भनेर बताउनु भएको छ साथै त्यस्तो अप्ठ्यारो परिस्थितिलाई कसरी सामना गर्ने । तुलसीदासको यो ज्ञानवर्धक कुराले हरेक मानिसलाई जति सुकै अप्ठ्यारो समयको सामना गर्न सिकाउँछ ।

तुलसी साथ विपत्ति के विद्या,विनय, विवेक, साहस सुकृति सुसत्याब्रत राम भरोसे एक।।

अर्थ, तुल्सीदासले भनेका छन् विपत्ति तथा अप्ठ्यारो समयमा यी गुणले मानिसलाई साथ दिन्छ ।

१. ज्ञान 
ज्ञान अर्थात तपाइँको पढाइ, शिक्षा र जीवनको अनुभव । यदि तपाइँ कुनै समस्यामा हुनुहुन्छ भने ज्ञानकै माध्यमबाट तपाइँ त्यो समस्याको समाधान अवश्य पनि निकाल्न सक्नुहुन्छ ।

२. विनम्रता

विनम्र भावले तपाइलाई सबैसंग प्रेम र अपनत्वका साथ कुरा गर्न सिकाउँछ जसले गर्दा तपाइँलाई कुनै पनि मुसीबतबाट बचाउन सक्छ । विनम्रताले नै तपाइले संसारलाई आफ्लो बनाउन सक्नुहुन्छ ।

३. विवेक

विवेक अर्थात बुद्धि जसले तपाइँलाई सही परिस्थितिमा सही निर्णय लिने क्षमता प्रदान गरेको हुन्छ । यो गुणले तपाइँलाई अप्ठ्यारो परिस्थितिलाई पहिला नै अनुमान गर्न र त्यसलाई निराकरण गर्न सिकाउँछ ।

४. साहस

यो गुणले तपाईलाई कुनै पनि समस्या संग लड्न सहयोग गर्दछ । साहासको भरमा नै तपाइँ ठुलो भन्दा ठुलो समस्याको सामना सजिलै संग गर्न सक्नुहुनेछ ।

५. राम्रो काम

असल मानिसले जहिल्यै अरुको भलो गर्दछ, कहिले पनि कसैको नराम्रो सोच्दैन । तसर्थ यस्तै राम्रो काम गर्दै गयौँ भने तपाइँ समस्या बाट मुक्ति पाउन सक्नुहुन्छ ।

६. सधै सत्य बोल्ने

सधै सत्य बोल्ने मानिसलाई सबैले विश्वास गर्छन् । साँचो बोल्ने स्वभावले तपाइँलाई सहज र नराम्रो अवस्थाबाट बचाउँछ ।

७. भगवानमा आस्था

भगवानप्रति आस्था हुन अति नै जरुरी हुन्छ । किनकी भगवानप्रति विश्वासले नै तपाइलाई सकारात्मक ऊर्जा दिन्छ हरेक परिस्थितिबाट निस्किने ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्