Logo
१० माघ २०८१, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीलाई राजनीतिक दबाब र कानुन मिचेर शपथ गराइएको पुष्टि

काठमाडौँ : तीन वर्षअघि कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको ज्यान जाने गरि भएको घटनाका दोषीलाई अदालतले सजाय सुनाएको छ । कैलाली जिल्ला अदालतले बुधबार फैसला सुनाउँदै रेशम चौधरीसहित १२ जनालाई जन्मकैदको सजाय सुनाएको छ । १५ जना मुक्त भएका छन् ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्याका लागि निर्वाचित भएका चौधरीलाई झण्डै दुई महिनाअघि सांसदको शपथ गराइएको थियो । उनले शपथ लिए पनि निलम्बनको अवस्थामा थिए । संविधानविद विपिन अधिकारीले जिल्ला अदालत कैलालीले बुधबार गरेको फैसलाले रेशम चौधरीलाई शपथ गराउने निर्णय ‘राजनीतिक बलमिच्याईँ’ र कानुनी शासनको विरुद्ध रहेको पुष्टि भएको बताएका छन् ।

संसदीय अभ्यासमा फौजदारी अभियोगमा अदालतको धुनछेकमा बसेको व्यक्तिलाई कतै पनि सांसदको शपथ गराउने चलन नभएको र नेपालमा राजनीतिक दबाब र कानुन मिचेर शपथ गराइएको उनले बताए । संविधानविद अधिकारीले भने, ‘पहिले गरिएको शपथको निर्णय राजनीति कारणले गरिएको हो । निजको विरुद्धमा देखिएका प्रमाणले नै अदालतले धुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो । त्यस्तो गर्नु हुँदैनथ्यो ।

अहिले जिल्ला अदालतको फैसलाले त्यो राजनीतिक बलमिच्याईँ थियो भन्ने पुष्टि भयो ।’अधिकारीले भने, ‘निजले उस बेला नै गरे–बिराएको देखिएको आधारमा निजलाई अदालतको खादेशले नै धुनामा राखी कारवाही गरिएको थियो । अदालतले आफ्नो थुनछेकको आदेश सही भएकै ठकर गरेको छ ।’ संसद छिर्नै नपाउने भएकाले उनको सांसद पद रहने वा नरहने भन्ने बहसको विषय नै नबन्ने उनले बताएका छन् ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्